Logo

Banner-news

सुर्खेत उद्योग वाणिज्य सङ्घ अध्यक्षमा कँडेल निर्वाचित


GDP नेपाल
   ६ बैशाख २०७९, मंगलबार


सुर्खेत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित हुनुभएको छ । सोमबार राति सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई ४८ मतान्तरले पराजित गर्दै कँडेल निर्वाचित हुनुभएको हो ।

कूल खसेको एक हजार ८२४ मतमध्ये कँडेलले ९११ र खड्काले ८६३ मत प्राप्त गर्नुभयो । सङ्घमा कँडेल निवर्तमान महासचिव र खड्का वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा पे्रमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा तारा रावत विजयी हुनुभएको छ । त्यस्तै महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्री विजयी हुनुभयो ।

सदस्यमा कृति शाक्य, लक्ष्मीकुमारी शर्मा, अजय गुरुङ, अर्जुनजङ्ग शाही, गणेश खड्का, दीपक खड्का, पहलसिंह बस्याल, बिन्द्रप्रसाद जैसी, बुद्ध तामाङ, भुवन ज्ञवाली, रमेश बराल, लक्ष्मण खत्री, सागर भुसाल, जनक थापा र सन्तोषकुमार बराइली निर्वाचित हुनुभएको छ । सङ्घमा नयाँ नेतृत्वका लागि आइतबार मतदान भएको थियो ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह