Logo

बैंक / बिमा /शेयर

तेस्रो त्रैमाससम्ममा ७५ प्रतिशतले बढ्यो साहस उर्जाको नाफा


GDP नेपाल
   २६ बैशाख २०७९, सोमबार


साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले तेस् त्रैमाससम्ममा ५८ करोड १३ लाख नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा ७५ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष यसै अवधिमा कम्पनीले ३३ करोड १२ लाख नाफा कमाएको थियो । यस्तै, गत आवमा कम्पनीको कुल आम्दानी ३३ करोड ४१ लाख रहेकोमा चालू आवमा बढेर ५८ करोड ३९ लाख पुगेको छ।

चुक्तापूँजी ३ अर्ब ५० करोड रहेको उक्त कम्पनीले भने चालू आवको तेस्रो त्रैमासमा जगेडामा १ अर्ब ९८ करोड सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २२.१५ (वार्षिकिकरण०), मूल्य आम्दानी अनुपात २६.७३ गुणा र प्रतिशेयर नेटवर्थ १५६.८४ रहेको छ ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह