Logo

कर्पोरेट-बजार

डलरको भाउ हालसम्म कै उच्च हुँदा कमजोर बन्यो नेपाली रुपैयाँ


GDP नेपाल
   २७ बैशाख २०७९, मंगलबार


नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रूपैयाँ २५ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो । अमेरिकी केन्द्रीय बैंक (फेड) ले त्यहाँको आधार ब्याजदर ०.५ प्रतिशतले बढाएपछि डलरको माग बढेको हो। डलर महंगिएसँगै नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिददर भने १३० रूपैयाँ २७ पैसा र बिक्रीदर १३० रूपैयाँ ९० पैसा, अस्ट्रेलियन डलर एकको खरिदमा ८६ रूपैयाँ ५९ पैसा र बिक्रीमा ८७ रूपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०३ पैसा पुगेको छ।

साउदी अरेबियन रियाल एकको खरिदमा आज ३२ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३३ रूपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३४ रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३३ रूपैयाँ ६६ पेसा र बिक्रीदर ३३ रूपैयाँ ८३ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २१ पैसा र बिक्रीमा २८ रूपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर ४०२ रूपैयाँ ८३ पैसा र बिक्रीदर ४०४ रूपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिदमा भने ३२७ रूपैयाँ ९८ पैसा र बिक्रीमा ३२९ रुपैयामा ५८ पैसा कायम गरिएको छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह