Logo

Banner-news

आयातीत प्याडमा ९० प्रतिशत छुट दिने सरकारको निर्णयप्रति सेनेटरी प्याड उत्पादक संघकाे आपत्ति


GDP नेपाल
   १७ जेष्ठ २०७९, मंगलबार


नेपाल सेनेटरी प्याड उत्पादक संघले सरकारको आयातीत प्याडमा ९० प्रतिशत छुट दिने निर्णयप्रति आपत्ति जनाएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गदै सरकारको यस्तो निर्णयप्रति आपत्ति जनाएको हो ।

संघका अनुसार सरकारको यस्तो निर्णयले आयातीत प्याड सस्तो पर्न जाने भएकाले नेपालली प्याड उत्पादक उद्योगहरु धरासयी हुने बताएको छ । संघका अनुसार हाल नेपालमा ठूला साना गरी ३५ देखि ४० वटा सेनेटरी प्याडका उद्योगहरु सञ्चालनमा रहेका छन् । जसमा ६ अर्बको लगानीमा ९० करोड थान सेनेटरी प्याड उत्पादन भइरहेको छ । जबकी हाल नेपालमा ३० करोड थान सेनेटरी प्याडको माग रहेको छ । यसमा पनि सरकारले आयातीत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार महशुल छुटको घोषणा गरेको छ । हालको १५ प्रतिशत रहेको भन्सार महशुल अब १.५ प्रतिशत मात्र लागु हुनेछ जबकी कच्चा पदार्थमा १ प्रतिशत भन्सार महशुलको घोषणा गरीएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरीयलमा लाग्ने ५ प्रतिशत अन्त शुल्क बारे भने कुनै घोषणा गरिएको छैन ।

कच्चा पदार्थ तथा प्याकेजिङ मटेरीयलमा लाग्ने ५ प्रतिशत अन्त शुल्क बारे भने कुनै घोषणा नगरेपछि स्वदेशी सेनेटरी प्याड उत्पादक उद्योगहरुले आपत्ति जनाउँदै तत्काल निर्णय फिर्ता नलिए संघर्षमा जाने चेतावनी समेत दिएका छन् ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह