काठमाडौं । काठमाडौं महानगरपालिकाले कर तथा गैरकर प्रशासनलाई न्यायोचित, पारदर्शी र बैज्ञानिक बनाउने प्रतिवद्धता जनाएको छ ।
महानगरसको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजस्व नीतिमा करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउन समग्र राजस्व प्रणालीलाई करदातामैत्री बनाइने उल्लेख छ ।
यस्तै, महानगरको एप बनाइ बिश्व विद्यालयहरुसंगको सहकार्यमा करदाताहरुको बिवरण संकलन गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।
महानगर क्षेत्रभित्र घरजग्गा र जग्गा बहालमा लिने दिने कार्यलाई कम्पनी मार्फत ब्यबस्थित गर्न आबश्यक प्रबन्ध मिलाइने उल्लेख छ भने आवासीय प्रयोजनका लागि निर्माण भएका बहुतले भवन (अपार्टमेन्ट) प्रयोग गर्ने करदाताहरुबाट लिंदै आइरहेको सम्पत्ति करमा पुनरावलोकन गरिने जनाइएको छ ।
हेर्नुहोस्, कर नीतिको पूर्णपाठः
प्रतिक्रिया