Logo

मुख्य समाचार

देउवा सरकारको उपहार: पेट्रोल १९९, डिजेल १९२ रुपैयाँ


GDP Nepal
   ५ असार २०७९, आइतबार


काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले इतिहासकै सबैभन्दा बढी मूल्य हुनेगरी भाउ बढाएको हो ।

 

आइतबार रातिदेखि लागू हुने नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ र डिजेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।

यस्तै,हवाई ईन्धन (आन्तरिक)को मूल्य १८५ रुपियाँ पुगेको छ । एलपी ग्यासको भने प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ यथावत राखेको छ ।

मूल्यवृद्धि पछि पनि निगमको मासिक घाटा ४ अर्ब ७० करोड हुने अनुमान निगमले गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा भने उच्च करका कारण उपभोक्ता झनै मारमा पर्ने गरेका छन् ।

प्रकाशित : ५ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह