काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिबारे सदनलाई जवाफ दिनुपर्ने भएको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
सोमबारको बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका हुन् ।
“माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि)मा मेरो पनि ध्यानाकर्षण भएको छ । सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु,” सभामुख सापकोटाले भने, “यस विषयमा सरकारलाई सत्य तथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्दछु ।”
नेपाल आयल निगमले आइतबार रातिदेखि लागुूहुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनकोको मूल्य बढाएको छ । हाल पेट्रोल एक लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पु¥याएको छ । जसको सर्वत्र विरोध भइरहेको छ ।
प्रतिक्रिया