Logo

मुख्य समाचार

प्रेम आलेलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्रीसँग पर्यटन व्यवसायीको माग


६ असार २०७९, सोमबार


काठमाडौं । पर्यटन व्यवसायीहरुले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।

पर्यटनसँग सम्बद्ध व्यवसायीहरुको तीन वटा संगठनले मन्त्री प्रेम आलेले अश्लील र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका हुन् ।

आलेको बर्खास्तीका लागि नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् ।

विज्ञप्तिमा प्रधानमन्त्री शेरबहादुर देउवा र आलेको पार्टी नेकपा एकीकृत समाजवादीसँग आलेलाई पदीय जिम्मेवारीबाट तत्काल बर्खास्त गरी सरकार र पार्टिको छवी बचाउन आग्रह गरिएको छ ।

आलेका कारण सरकार र निजी क्षेत्रले समेत शिर निहुराउनु पर्ने लज्जास्पद अवस्था सृजना भएको विज्ञप्तिमा उल्लेख छ ।

आलेले विगतदेखि वर्तमानसम्म प्रदर्शन गर्दै आएको हर्कतहरु, सर्वसाधारणदेखि आफैँ मातहतका कर्मचारी माथि व्यक्त गरेको असभ्य र अश्लिल गाली बेइज्जती र गुन्डागर्दी लज्जास्पद भएको उल्लेख छ ।

प्रकाशित : ६ असार २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह