Logo

कर्पोरेट-बजार

होटलका लागि भारु ५ सय र २ हजारका नोटको कारोबार वैध बनाउन माग !


GDP Nepal
   ७ असार २०७९, मंगलबार


काठमाडौं । होटल संघ नेपालले भारु ५ सय र २ हजारका नोटको प्रयोगलाई वैधता दिन माग गरेको छ । संघले मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष बुझाएको सुझावमा यस्तो माग गरिएको हो ।

“नेपाल भित्रिने पर्यटकहरुमा सबै भन्दा ठुलो हिस्सा ओगटेको छिमेकी भारतीय पर्यटकहरुले होटेल सेवा प्रयोग गरे वापत भुक्तानी गर्ने भारतीय ५ सय र २ हजार को मुद्रालाई सहज रुपमा स्वीकार गर्न पाउनु पर्ने,” संघको सुझावमा भनिएको छ, “सार्क क्षेत्रबाट आउने विदेशी पाहुनाहरुलाई स्थानीय मुद्रामा भुक्तानी गर्न सहजिकरण गरिनुका साथै बैंकहरुले उक्त मुद्रा सहजै स्वीकार गरिनु उपयुक्त हुने ।”

संघले मंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा डेपुटी गभर्नर तथा कार्यकारी निर्देशकहरुसँग भेट गरी सुझाव बुझाएको हो । भेटमा संघका कार्यवाहक अध्यक्ष विनायक शाहसहित महासचिव साजन शाक्य र सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठ सहभागी थिए ।

संघको सुझावमा सहुलियत कर्जाको सिमा २० करोडबाट बढाएर ५० करोड पु¥याइनुपर्ने माग गरिएको छ ।

यसरी प्राप्त गरिनुपर्ने सेवा सुविधाहरु कतिपय होटलहरुले प्राप्त गर्न नसकेको र कार्यान्वयन हुन नसकेको हुँदा सहजिकरण गर्दै कार्यान्वयन भए नभएको अनुगमन कार्यका लागि निजी क्षेत्र सम्मिलित अनुगमन समिति खडा गरी अगाडि बढ्न सके प्रभावकारी हुने संघको भनाइ छ ।

यस्तै, हाल भएका कर्जाहरूलाई कम्तीमा ३ वर्ष अवधि थप गरी पुनर्तालिकीकरण गरिनुपर्ने सुझावमा उल्लेख छ ।

पुनर्तालिकीकरण पछि पूँजीकरण गरिएको ब्याजलाई अनुपातित रूपमा पुनर्तालिकीरण गरिएको कर्जाको व्याज र साँवा तिर्ने समयसीमा असार मसान्तसम्म तोकिएको हुँदा आर्थिक भार थेग्न नसकी एकै पटक तिर्न नसकिने हुँदा लामो अवधिको लागि किस्ताबन्दीमा तिर्ने बुझाउने गर्ने व्यवस्था गर्न पनि संघले अनुरोध गरेको छ ।

 

 

 

 

प्रकाशित : ७ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह