Logo

अर्थनीति

५० करोड लगानीको लक्ष्यसहित सीएनआई युवा उद्यमी मञ्चको स्टार्टअप फेष्ट शनिबार


GDP Nepal
   ९ असार २०७९, बिहिबार


काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको आयोजनामा शनिबार राजधानीमा स्टार्टअप फेष्ट हुने भएको छ ।

नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र इनोभेटिभ व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगका रुमपा स्थापित गर्ने तथा स्टार्टअपहरुलाई प्रोत्साहित गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमकी संयोजक आयुषी केसीले जानकारी दिइन ।

संयोजक केसीका अनुसार राजधानीको सोल्टी होटलमा हुने उक्त मेलामा विभिन्न स्टार्टअपमा ५० करोड रुपैयाँसम्म लगानीको घोषणा हुने छ ।

केसीले धेरै स्टार्टअपका लागि पुँजी, मेन्टरसिप र टीमको अभाव रहेको भन्दै त्यो समस्या समाधान गर्न यो मेला आयोजना गर्न लागिएको बताइन् ।

बिहीबार सीएनआईमा आयोजित पत्रकार सम्मेलनमा सीएनआइवाइइएफका अध्यक्ष मनिष श्रेष्ठले मेलामा उत्कृष्ट १० वटा स्टार्टअपले पिच गर्ने र उनीहरुको लगानीको आवश्यकताका आधारमा लगानी घोषणा हुने जानकारी दिए ।

आयोजना गर्न लागिएको उक्त कार्यक्रममा स्टार्टअपले आफ्नो लगानीका लागि प्रस्ताव पनि पेश गर्ने छन् । टीम भेन्चर, ग्लोबल इक्विटी फन्ड, आध्यन्ता फन्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टरले संयुक्तरुपमा करिब ५० करोडको आशय दिइसकेको आयोजकले जनाएको छ ।

मेलामा विभिन्न विधाका ७६ ओटा स्टार्टअपहरुलाई सम्मान गर्ने कार्यक्रम छ । ५० भन्दा धेरै स्टार्टअपले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन् । एकदिने उक्त मेलामा प्लानल डिसकसन, इन्भेष्टर डेटिङ, रोबोटिक फुटबल, म्युजिकल कन्सर्ट जस्ता कार्यक्रम हुनेछन् ।

आयोजकले उक्त मेलामा स्वदेशी र विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजिवी, पत्रकार गरेर ३ हजारको सहभागी हुने बताएको छ ।

सीएनआई उपाध्यक्ष रोहित गुप्ताले स्टार्टअप कार्यक्रमहरु छरिएर रहेको उल्लेख गर्दै मेलाले यसलाइै जोड्न मदत पुग्ने धारणा राखे ।

प्रकाशित : ९ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह