Logo

मनोरञ्जन

कमलादीको बहुचर्चित टावर ‘स्काइवाक’मा केपी ओलीका सल्लाहकारको २ अर्ब लगानी !


GDP Nepal
   १० असार २०७९, शुक्रबार


काठमाडौं । काठमाडौंको कमलादीमा बन्दै गरेको एउटा अग्लो टावरले यतिबेला धेरैको ध्यान खिचेको छ । राजधानीको मुटु कमलादीमा निर्माण भइरहेको यो टावर झट्ट हेर्दा भ्यु टावर जस्तै देखिन्छ ।

सामाजिक सञ्जालमा यसले घन्टाघर र नजिकका ऐतिहासिक संरचनालाई ओझेलमा पारेको टिप्पणी पनि भइरहेको छ ।

आखिर के हो त यो भवन ? कसले बनाइरहेको छ भनेर आम जिज्ञासा मेट्न हामीले चार वर्षअघि फर्कनुपर्ने हुन्छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारका विकास सल्लाहकार गजेन्द्र थपलियासहितको उपस्थितिमा यो टावरबारे निर्माण समूहले औपचारिक जानकारी दिएको थियो ।

८ भदौ २०७५, शुक्रबार गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यो टावर दक्षिण एशियाकै पहिलो दावी गरिएको ‘स्काईवाक’ (सिसाको पुल) हो ।

निर्माणकर्ता वन्डर्स नेपाल प्रालिले यसमा करिब २ अर्ब लगानीको अनुमान गरेको थियो, मूल्यवृद्धिका कारण लगानी बढेको स्वाभाविक अनुमान गर्न सकिन्छ ।

वन्डर्स नेपालका अध्यक्ष आर्कषण पोखरेलसहित यो टावरमा लोकनाथ अधिकारी, विष्णु काप्री, खेमराज न्यौपाने, गजेन्द्र थपलिया, तेजबहादुर सिंह, बिन्दावासिनी गैरे र लक्ष्मी पुरी लगानीकर्ता रहेका छन् ।

तीन वर्षमा निर्माण सकिने भनिए पनि चार वर्ष पुग्नै लाग्दा बल्ल यसको बाहिरी संरचना देखिनेगरी निर्माण भएको छ ।

कमलादीमा १३.२ रोपनी जग्गामा निर्माण भइरहेको यो स्काइ वाकका लागि निर्माणकर्ताले २३ वर्षका निमित्त जग्गा लिजमा लिएका छन् ।

स्काईवाकले देशको पर्यटन विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने हामीले अपेक्षा लिइएको निर्माणकर्ताको भनाइ छ ।

यसको घोषणा कार्यक्रममा ओलीका पूर्व सल्लाहकार थपलियाले भनेका थिए, “राष्ट्रको गौरवशाली आयोजनामध्ये यो पनि एक हो, जसले मुलुकको नाम र नेपालीको परिचय फराकिलो बनाउने कुरामा हामी विश्वस्त पनि उत्तिकै छौं ।’

हेर्नुहोस्,चार वर्षअघिको यो समाचार

https://gdpnepal.com/archives/1681

प्रकाशित : १० असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह