Logo

अर्थनीति

पेट्रोलको भाउ २० रुपैयाँ र डिजेलको २८ रुपैयाँ घट्यो, बजार मूल्य पनि घटाउन निर्देशन !


GDP Nepal
   ११ असार २०७९, शनिबार


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारले पेट्रोल र डिजेलमा लगाइरहेको कर घटाएर मूल्य समायोजन गरेको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ तथा डिजेलको १६३ रुपैयाँ कायम गरिएको छ । पेट्रोलमा २० रुपैयाँ तथा डिजेलमा २८ रुपैयाँ कर घटाइएको छ ।

शनिबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले मूल्य घटाउने निर्णय गरेको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले पत्रकार सम्मेलन गर्दै मूल्य घटाइएको जानकारी दिए ।

मन्त्री बडुले पेट्रोलियम पदार्थको मूल्य बढेका कारण बढेको बजार भाउ पनि घटाउनुपर्ने भन्दै यसका लागि बजार अनुगमन गरिने बताए ।

पेट्रोलियम पदार्थको घटेको मूल्य शनिबार रातिदेखि लागू हुनेछ ।

प्रकाशित : ११ असार २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह