Logo

अर्थनीति

बजेट हेर्दै थाहा हुन्छ, त्यसमा दुई चार व्यापारिक घरानाका अनुहार देखिन्छः केपी ओली


GDP Nepal
   २० असार २०७९, सोमबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सरकारले नभै व्यापारीले ल्याएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले भने, “यो त देशको बजेट नै होइन, व्यापारीको बजेट हो । बजेट हेर्दै थाहा हुन्छ, त्यसमा दुई चार घरानाका अनुहार देखिन्छन् ।”

उनले बजेट अनधिकृत मान्छे रााखेर बनाएको उल्लेख गर्दै े बजेट बनाउनका लागि अर्थ मन्त्रालयका कर्मचारीको भर नपरिएको टिप्पणी गरे ।

बजेट बनाउने बेलामा अर्थसचिव, राजस्वसचिव लगायत उच्च अधिकारी मन्त्रालयमै बस्नुपर्ने भए पनि उनीहरुलाई निर्देशित गर्न अन्यत्रबाट मान्छे ल्याइएको बताए ।

अनधिकृत व्यक्तिले बजेटमा हेरफेर गरेको विषयमा संसदमा प्रमुख प्रतिपक्षी दलले उठाएको प्रश्नलाई अवमूल्यन गरिएको भन्दै उनले आपत्ति जनाए ।

कानुनअनुसार तीन महिनासम्म राख्नुपर्ने सिसिटीभी फुटेज अर्थमन्त्रालयले डिलिट गरेर कानुनी राज्यको धज्जी उडाएको उनको आरोप छ ।

प्रकाशित : २० असार २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह