Logo

अर्थनीति

फेरि आइतबारे बिदाको पक्षमा निगम, सवारी साधनलाई इन्धनमा कोटा


GDP Nepal
   २० असार २०७९, सोमबार


काठमाडौं । नेपाल आयल निगमले आइतबार सार्वजनिक बिदा दिएर पेट्रोलियम पदार्थ खपत गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिए पनि स्वदेशमा भने खपत घट्न नसक्दा ठूलो घाटा बेहोर्नु परेपछि इन्धनको खपत घटाउने उपायका लागि यस्तो प्रस्ताव गरिएको हो ।

निगमले हालै सरकारलाई बुझाएको सुझावमा आइतबार सार्वजनिक बिदाको निर्णय पुनः लागू गर्नुपर्ने उल्लेख छ । सरकारले जेठ महिनामा परीक्षणका रुपमा लागू गरेको यो व्यवस्था असारबाटै हटाएको थियो ।

निगमले इन्धन बिक्रीमा कोटा प्रणाली लागू गर्न तथा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न समेत सुझाव दिएको छ ।

जसअनुसार मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर तथा कार/जीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिने प्रस्ताव छ ।

निगमले देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने व्यवस्थाका लागि अनुरोध गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

यस्तै, विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहर र राष्ट्रिय राजमार्गहरुमा निःशुल्क चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने, सार्वजनिक निजी पार्किङ स्थानमा विद्युतीय सवारी साधनका लागि निःशुल्क पार्किङस्थल तोक्नु पर्ने जस्ता सुझाव समेटिएका छन् ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र अन्य उपकरण आयातमा प्रतिबन्ध लगाउनु पर्ने तथा एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुल्हो सहुलियत दरमा बिक्री गर्न र घरायसी प्रयोजनको बिजुलीको शुल्क कम गर्नु पर्ने सुझाव निगमको छ ।

प्रकाशित : २० असार २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह