Logo

मुख्य समाचार

अर्थमन्त्री शर्माले दिए राजीनामा


GDP नेपाल
   २२ असार २०७९, बुधबार


अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।

शर्माले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेसँगै मन्त्री शर्माको चौतर्फी आलोचना भएको थियो ।

यस्तै, बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय छानबिन समिति गठन गरेको जनाएका छन् । उक्त छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव रहेका छन्।

प्रकाशित : २२ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह