Logo

अर्थनीति

डलर सञ्चिती ३० अर्बले बढ्यो, ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्ने


GDP Nepal
   २७ असार २०७९, सोमबार


काठमाडौं । मुलुकमा वैदेशिक मुद्राको बढ्दो चापमा केही शिथिलता देखा परेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाखको तुलनामा जेठ मसान्तसम्म करिब ३० अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिती बढेको छ ।

केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको मुलुकको वित्तीय तथा आर्थिक स्थितिअनुसार यो सञ्चिती ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ । वैशाख मसान्तसम्मको सञ्चितीले भने ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने अवस्था थियो ।

२०७९ जेठ मसान्तमा विदेशी मुद्रा सञ्चिती ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ । वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति जेठ मसान्तमा ९ अर्ब ४५ करोड कायम भएको छ भने वैशाखसम्ममा ९ अर्ब २८ करोड डलर रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता ५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको थियो ।

शोधनान्तर स्थिति पनि २६९ अर्ब ८१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको छ ।

प्रकाशित : २७ असार २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह