Logo

अर्थनीति

गभर्नरमाथि संसदमा व्यंग्यः गगनदेखि गजेन्द्र महतसम्मको कटाक्ष, ओलीको मतियार बनेको आरोप !


GDP Nepal
   २९ असार २०७९, बुधबार


काठमाडौं । संघीय संसदमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सांसदहरुले व्यंग्य गरेका छन् । गभर्नर अधिकारी नेकपा एमाले अर्थ तथा योजना विभाग सदस्य रहेको खुलासा भएसँगै उनीमाथि नियोजित रुपमा सरकारलाई असहयोग गरेको आरोप लागेको छ ।

कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले शेयर बजारमा४–१२ को नीति गभर्नरले ल्याएको र यसले लाखौं लगानीकर्ता सडकमा आइपुगको भन्दै आलोचना गरे ।

थापाले आफूले गभर्नर महाप्रसाद अधिकारीसँग अनुरोध गरेको र एमाले विभाग सदस्य एम अधिकारीलाई भनेको भनेर त्रसित नहुन भन्दै व्यंग्य पनि गरे ।

उनले भने, ‘मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।’

सांसद गजेन्द्र महतले गभर्नरले अर्थतन्त्र डुबाउन खोजेको र एमाले अध्यक्ष केपी ओलीको मतियार बनेको आरोप लगाए ।

माओवादी सांसद रेखा शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीले सरकारको निर्देशन तथा नीति पालना गरिरहेका छन् कि प्रमुख प्रतिपक्ष एमालेको भनेर पनि प्रश्न गरेकी थिइन् । ‘एमालेको अर्थ तथा योजना विभागको सदस्य रहने महाप्रसाद अधिकारी अर्थतन्त्र सम्हाल्नुपर्नेमा अर्थतन्त्र बिगार्न लागिरहनुभएको छ । उहाँका विषयभा गम्भीर छानबिन गरियोस् । दोषीउपर कारबाही गरियोस्,’ उनको भाग थियो ।

प्रकाशित : २९ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह