Logo

अर्थनीति

राजस्व लक्ष्यभन्दा १ खर्ब १२ अर्ब कम उठ्यो !


GDP Nepal
   १ श्रावण २०७९, आइतबार


काठमाडौं । गत आर्थिक वर्षमा सरकारले १० खर्ब ६७ अर्ब ९५ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

सरकारले लक्ष्यभन्दा १ खर्ब १२ अर्ब ६४ करोड कम राजस्व संकलन गरेको हो ।

सरकारले गत आवमा ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख राजस्व संकलन लक्ष्य राखेको थियो ।

महालेखा नियन्त्रकका अनुसार सरकारले लक्ष्यको तुलनामा ९०.४६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

जसमध्ये कर राजस्वतर्फ ९२.१५ प्रतिशत र गैरकर राजस्वतर्फ ७४.३९ प्रतिशत मात्र लक्ष्य हासिल भएको छ ।

१० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख कर राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ९ खर्ब ८४ अर्ब १६ करोड ८२ लाख रुपैयाँ मात्र संकलन भएको छ ।

गैरकरतर्फ १ खर्ब १२ अर्ब ६३ करोड राजस्व संकलन लक्ष्य रहेकोमा ८३ अर्ब ७९ करोड रुपैयाँ मात्र संकलन भएको उल्लेख छ ।

प्रकाशित : १ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह