Logo

मुख्य समाचार

भाग्यमानी सहसचिव सुवेदीः जो बेलायतपछि भए जापानका लागि राजदूत !


GDP Nepal
   १ श्रावण २०७९, आइतबार


काठमाडौं । सहसचिव दुर्गा बहादुर सुवेदी (दुवसु क्षेत्री) परराष्ट्र सेवाका थोरै भाग्यमानीमध्ये पर्दछन् ।

शक्तिशाली मुलुक बेलायतको राजदूतमा पूर्ण कार्यकाल बिताएर स्वदेश फर्किएपछि शिष्टाचार महापालको जिम्मेवारीमा रहेका सुवेदी अर्को शक्तिशाली देश जापानका लागि राजदूतमा नियुक्त भएका छन् ।

बेलायत र जापान दुवै नेपाली राजदूतका लागि आकर्षक मुलुक हुन् । यी मुलुकमा राजनीतिक पृष्ठभूमिका व्यक्तिहरुलाई राजदूत बनाएर पठाउने प्रचलन रहे पनि सुवेदी परराष्ट्र सेवाबाटै प्रतिनिधित्व गरेर राजदूतको जिम्मेवारी सम्हाल्ने व्यक्ति बनेका छन् ।

जापानमा सुवेदीअघि राप्रपा नेतृ प्रतिभा राणा राजदूत थिइन् भने बेलायतमा पनि सुवेदीपछि ज्ञानचन्द्र आचार्य राजदूतमा नियुक्त भएका छन् । उनी परराष्ट्र सेवा पृष्ठभूमिकै भए पनि सेवानिवृत्त कर्मचारी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. दुर्गाबहादुर सुवेदीलाई आइतबार जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको जनाइएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् ।

प्रकाशित : १ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह