Logo

अर्थनीति

उद्योगमा कूल लगानी १२० प्रतिशतले बढ्यो, एफडीआई ६९ प्रतिशतले वृद्धि


GDP Nepal
   ४ श्रावण २०७९, बुधबार


काठमाडौं । गत आर्थिक वर्षमा स्वदेशी तथा विदेशी दुवै लगानीमा उभार आएको छ । उद्योग विभागका अनुसार कूल लगानी प्रतिवद्धता ११९.८७ प्रतिशत र यसमध्ये वाह्य लगानी प्रतिवद्धता ६८.८४ प्रतिशतले बढेको छ ।

विभागका अनुसार गत आव (२०७८–७९)मा ३ खर्ब ४३ अर्ब कूल लगानी प्रतिवद्धता प्राप्त भएको छ । अघिल्लो वर्ष (२०७७–७८)मा १ खर्ब ५६ अर्बको लगानी प्रतिवद्धता रहेकोमा गत वर्ष १ खर्ब ८७ अर्ब बढी हो ।

यसमध्ये प्रत्यक्ष वैदेशिक लगानी ५४ अर्ब १५ करोड प्राप्त भएको छ । अघिल्लो वर्षमा वैदेशिक लगानी ३२ अर्ब ७ करोड मात्र प्राप्त भएको थियो । अघिल्लो वर्षको तुलनामा असार मसान्तसम्मको एफडीआई स्वीकृति २२ अर्ब ८ करोडले बढी हो ।

विभागले जारी गरेको तुलनात्मक विवरणअनुसार कूल उद्योग दर्ता संख्या अघिल्लो वर्ष २०३ रहेकोमा गत वर्ष ३०९ पुगेको छ ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह