Logo

मुख्य समाचार

कोभिड महामारीमा पर्यटन क्षेत्रलाई बैंकले बचाएको होः सुनील केसी


GDP Nepal
   ४ श्रावण २०७९, बुधबार


काठमाडौं । कोभिड महामारीपछिका डेढ वर्ष ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको छ । पर्यटक आगमन ठप्प रहेको र पर्यटकीय गतिविधि समेत शून्यप्रायः रहेको अवस्थामा यो क्षेत्र बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको सूचीमा पर्नबाट भने जोगियो । यसको कारण के थियो त ?

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा यही विषय चर्चामा रह्यो । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बैंकर्स एशोसिएसनका कार्यवाहक अध्यक्ष सुनील केसीले गर्वसाथ बताए, “कोभिड महामारीमा पर्यटन क्षेत्रलाई बैंकले बचाएको हो ।”

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका केसीले बैंक तथा वित्तीय संस्थाले नाफा कटौती गरेरै पर्यटन क्षेत्र बचाएको दावी गरे । पर्यटन क्षेत्रमा भएको ठूलो लगानीको तत्काल प्रतिफल नरहे पनि नेपालमा विदेशी मुद्रा आर्जन गर्ने बलियो स्रोत भएकाले दायित्व वोध गरेरै बचाइएको उनको भनाइ छ ।

‘ग्रीन ब्यांकिङ सल्युसलन फर सस्टेनेबल फ्युचर’ विषयक सेसनमा केसीले विश्वव्यापी समस्याबाट पर्यटन क्षेत्र चनाखो रहनुपर्ने उल्लेख गर्दै ग्लोबल वार्मिङजस्ता समस्याबाट बच्न ग्रीन इकोनोमीसँगै ग्रीन टुरिजमको अवधारणामा काम गर्नुपर्ने सुझाव दिए ।

पर्यटन क्षेत्रमा बैंकहरुले २ सय अर्ब लगानी गरिसकेको र यो कूल कर्जाको ५ प्रतिशत रहेको जानकारी दिँदै केसीले पर्यटनको सम्भावनाका तुलनामा नेपालले धेरै गर्न बाँकी रहेको बताए ।

नेपालसरह पूर्वाधार भएका मुलुकले नै १ करोड वार्षिक पर्यटक ल्याउने गरे पनि हामी भने अझै पनि पर्यटनमा २० लाख पु¥याउन नसकेको उनले गुनासो गरे ।

नेपालको माया गर्ने धेरै विदेशी रहेको र यसलाई नेपालले उपयोग गर्न सक्नुपर्ने उल्लेख गर्दै विदेशी मुद्राको घट्दो सञ्चिती रोक्न पर्यटन र हाइड्रोपावर क्षेत्रको विकास र विस्तारमा जोड दिए ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह