Logo

अर्थनीति

भ्यालू एड न्यून भएको भन्दै निकासी प्रवृत्तिप्रति प्रधानमन्त्रीको असन्तुष्टि


GDP Nepal
   ८ श्रावण २०७९, आइतबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आयातित वस्तुमा कम भ्यालू एडसहित निकासी हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् ।

नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारणभालाई उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशबाट कच्चा पदार्थ भित्र्याइ कम मूल्य अभिवृद्धि गरी निकासी गर्ने वस्तुभन्दा स्वदेशकै स्रोत तथा खानीको उपयोग गरी अधिकतम मूल्य अभिवृद्धि गर्नुपर्ने धारणा राखे ।

मुलुकको निकासीमा झन्डै ५० प्रतिशत हिस्सा ओगट्ने वनस्पति तेल घ्यूजन्य वस्तुहरु सोयाबिन आयल, पाम आयल तथा सनफ्लावर आयलको निकासीप्रति प्रधानमन्त्री देउवाले असन्तुष्टि जनाएका हुन् । यी वस्तुको कच्चा पदार्थ आयात र मूल्य अभिवृद्धिका सम्बन्धमा विवाद हुँदै आएको छ ।

प्रधानमन्त्रीले तत्कालीन नाफामा भन्दा दीर्घकालीन लाभ हेरेर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । उनले विदेशमा उत्पादित महँगा र बिलासी वस्तु आयात गर्ने प्रवृत्ति त्यागेर स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरे ।

प्रधानमन्त्री देउवाले भने, “व्यापारघाटा, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायत प्रतिकूल अवस्थामा रहेकाले निजी क्षेत्रले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी गर्नुपर्छ ।”

प्रकाशित : ८ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह