Logo

अर्थनीति

प्रधानमन्त्रीद्वारा मौद्रिक नीतिको प्रतिरक्षा


GDP Nepal
   ९ श्रावण २०७९, सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिका सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसको प्रतिरक्षा गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सार्वजनिक रुपमा प्रश्न उठिरहेको तथा सरकार र राष्ट्र बैंकबीचको सम्बन्ध सुमधुर हुन नसकिरहेका बेला आएको मौद्रिक नीतिलाई अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीले सार्वजनिक रुपमै अपनत्व लिएका हुन् ।

सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीति सहयोगी हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।

आइतबार राजधानीमा नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, “बजेट कार्यान्वयनमा मौद्रिक नीति सहयोगी बन्ने विश्वास सरकारको रहेको छ र मौद्रिक नीतिले सहुलियत दिएका क्षेत्रलाई अधिकतम उपयोग गर्न म व्यवसायीहरुलाई आग्रह समेत गर्न चाहान्छु ।”

कृषीको आधुनिकीकरण तथा यान्त्रिकीकरण एवं औद्योगिक उत्पादन तथा निकासी वृद्धिका निमित्त निजी क्षेत्रले पनि लगानी गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह