Logo

अर्थनीति

खाने तेलमा उच्च व्यापारघाटाः १ खर्ब १५ अर्बको आयात गरेर ९४ अर्बको निकासी


GDP Nepal
   १० श्रावण २०७९, मंगलबार


काठमाडौं । मुलुकको व्यापारघाटा उच्च हुनुमा पेट्रोलियम पदार्थको बढ्दो आयाातमात्र जिम्मेवार छैन, नेपालीको भान्सामा प्रयोग हुने वनस्पती तेलको योगदान पनि उत्तिकै छ ।

गत आर्थिक वर्षमा नेपालले १ खर्ब १५ अर्ब ५५ करोड ७९ लाख १५ हजार रुपैयाँ बराबरको सोयाबिन, पाम तथा सनफ्लावर आयलको कच्चा पदार्थ आयात गरेको छ भने यी वस्तुको निकासी ९३ अर्ब ६९ करोड ९६ लाख ६२ हजार रुपैयाँमा सीमित छ ।

सोयाबिन र सनफ्लावर आयल भान्सामा प्रयोग हुन्छ भने पाम आयल औद्योगिक कच्चा पदार्थका रुपमा उपयोग गरिन्छ । सोयाबिन र सनफ्लावर आयलको तुलनामा पाम आयलमा व्यापारघाटा कम छ ।

सोयाबिन आयलमा मात्र नेपालले गत आवमा ८ अर्ब ६ करोड व्यापारघाटा बेहोरेको छ ।

भन्सार विभागका अनुसार नेपालले गत आर्थिक वर्षमा ५६ अर्ब १८ करोड ३६ लाख रुपैयाँ बराबरको कच्चा सोयाबिन आयल आयात गरी ४८ अर्ब १२ करोड ४ लाख रुपैयाँको प्रशोधित तेल निकासी गरेको छ ।

यस्तै, सनफ्लावर आयलमा व्यापारघाटा १४ अर्ब १२ करोड रुपैयाँ रहेको छ । गत आवमा सनफ्लावर आयलको कच्चा पदार्थ तथा तयारी तेल आयात १८ अर्ब ६४करोड ५३ लाख रहेको छ भने निकासी मूल्य ४ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ मात्र रहेको छ ।

औद्योगिक कच्चा पदार्थ पाम आयलको व्यापार घाटा १३ करोडमात्र रहेको छ । नेपालले ४१ अर्ब १९ करोड ३४ लाख रुपैयाँ बराबरको कच्चा पाम आयल आयात गरी ४१ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बराबरको निकासी गरेको छ ।

कूल निर्यातमा सोयाबिन आयल, पाम आयल तथा सनफ्लावरको हिस्सा ४६.८४ प्रतिशत रहेको छ ।

प्रकाशित : १० श्रावण २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह