Logo

अर्थनीति

मध्यपहाडी लोकमार्गको लागत १७ अर्ब बढ्योः भौतिक प्रगति ५८ प्रतिशतमै सीमित !


GDP Nepal
   १२ श्रावण २०७९, बिहिबार


काठमाडौं । राष्ट्रिय गौरवको परियोजना मध्यपहाडी लोकमार्गको लागत अस्वाभाविक रुपमा वृद्धि भएको छ भने यसको भौतिक प्रगति पनि दयनीय देखिएको छ ।

पूर्वमा पाँचथरको चियो भन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म कुल१ हजार ८७९ किलोमिटर लम्बाइ रहेको मध्यपहाडी लोकमार्ग आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्न गर्ने लक्ष्य रहे पनि गत आवसम्ममा यसको भौतिक प्रगति भने ५८ प्रतिशतमा सीमित छ ।

महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनअनुसार मध्यपहाडी लोकमार्ग आयोजना ८४ अर्ब ३३ करोडको लागतमा सम्पन्न गर्नेगरी २०६४।६५ देखि शुरु भएको थियो ।

आव २०७४।७५ मा सम्पन्न हुने अनुमान रहेकोमा संशोधित कार्यतालिका अनुसार २०७९।८० सम्म पु¥याइएको छ भने यसको लागत १ खर्ब १ अर्ब ५० करोड पु¥याइएको छ ।

अघिल्लो आवमा १९९ किलोमिटर कालोपत्रे र ७ पुल निर्माणसमेत गरी कूल १ हजार ११३ किलोमिटर सडक कालोपत्रे तथा ९० पुल निर्माणको कार्य सम्पन्न भएको जनाइएको छ ।

आयोजना शुरु भएको १३ वर्षमा भौतिक प्रगति ५८ र वित्तीय प्रगति ६३ प्रतिशतमा सीमित रहेको छ । आयोजनामा हालसम्म ५३ अर्ब ३४ करोड खर्च भएको छ ।

महालेखाले कार्यतालिकाबमोजिम निर्माण कार्य सम्पन्न गर्नुपर्ने जनाएको छ ।

 
मध्यपहाडी लोकमार्गको कार्यक्षेत्र

प्रदेश नं. १: चिओभञ्ज्याङ्ग, च्याङ्गथापु, ओयाम, थर्पु, गणेशचोक, गोपेटार, जोरसाल, तमोर नदी, सक्रान्ती बजार, म्याङ्गलुङ्ग, बसन्तपुर, हिले, लेगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, टोक्सेलघाट   (घुर्मी)


प्रदेश नं. ३:घुर्मी, खुर्कोट, राकाथुम, चौरीखोला, दोलालघाट, बाहुनेपाटी, पाति भञ्ज्याङ्ग–सानो कात्तिके, छहरे, त्रिशुली, सल्यानटार, गोरखा सिमाना (आरुघाट)


प्रदेश नं. ४:गोरखा सिमाना (आरुघाट), पालुङ्गटार, भोर्लेटार, भगवतीटार, भैसे, पोखरा, बागलुङ्ग, बुर्तिवाङ्ग, वाग्लुङ्ग ( रुकुम सिमाना


प्रदेश नं. ५:रुकुम सिमाना, लुकुमगाँउ, रुकुमकोट


प्रदेश नं. ६: मुसिकोट, चौरझारी, जगातीपुर, बेस्ताडा, दैलेख, दुल्लु, जम्बुकाँध, सातला, साइजिउला, बेलखेत


प्रदेश नं. ७:बेलखेत, बिनायक, साफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबाँझ, झुलाघाट

प्रकाशित : १२ श्रावण २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह