Logo

अर्थनीति

अन्ततः जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त


GDP Nepal
   १५ श्रावण २०७९, आइतबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका सांसद जनार्दन शर्मालाई दोस्रोपटक अर्थमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा शर्मा अर्थमन्त्रीमा नियुक्त भएको राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयले जनाएको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए ।

संसदीय छानबिन समितिले बहुमतका आधारमा बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।

प्रकाशित : १५ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह