काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने गरी सम्झौता भएको छ ।
दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सेन्चुरीलाई प्राप्तिपछि बन्ने एकिकृत बैंकको नाम ’प्रभु बैंक’ नै रहने सहमति भएको छ।
प्रारम्भिक सम्झौताअनुसार सात सदस्यीय सञ्चालक समितिमा चारजना प्रभु बैंकबाट हुनेछन् । तीनजना हालको सेञ्चुरी बैंकबाट रहने भएका छन्।
प्रमुख कार्यकारीमा प्रभु बैंकका वर्तमान सीईओ अशोक शेरचनले नै निरन्तरता पाउने जनाइएको छ ।
एकिकृत कारोबारपछि बैंकको कुल पुँजीकोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ । जसमा सेयर पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ। यस्तै, अवितरित नाफा (रिटेन्ड अर्निङ) करिब २ अर्ब १० करोड र संचित कोष (रिजर्भ) ७ अर्ब ३५ करोड हाराहारी रहेको छ।
प्रतिक्रिया