Logo

मुख्य समाचार

मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन


GDP Nepal
   १९ श्रावण २०७९, बिहिबार


काठमाडौं । सरकारले आम निर्वाचनको मिति घोषणा गरेको छ । आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने मन्त्रिपरिषदले बिहीबार निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरे पनि औपचारिक जानकारी भने दिइएको छैन ।

यसअघि बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले मंसिर ४ गते चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो ।

निर्वाचन आयोगले पनि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो ।

प्रकाशित : १९ श्रावण २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह