Logo

मुख्य समाचार

विवादास्पद मुक्तिनाथ केबलकारका अध्यक्ष प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार


GDP Nepal
   १९ श्रावण २०७९, बिहिबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा विश्लेषक तथा व्यवसायी अरुणकुमार सुवेदी नियुक्त भएका छन् ।

सुवेदीको परिचय राजनीतिक विश्लेषकका रुपमा रहे पनि उनी व्यवसायी हुन् । प्रत्यक्ष रुपमा उनको ठूलो व्यवसाय नभए पनि नेपालका ठूला घराना तथा विदेशी कम्पनीको एजेन्टका रुपमा उनले काम गर्दै आएका छन् ।

सुवेदी मुक्तिनाथ केबलकार नामक पोखरादेखि मुस्ताङसम्म केबलकार सञ्चालन गर्ने परियोजनाका सञ्चालक समेत हुन् । यो परियोजनाका सम्बन्धमा विवाद छ ।

मुक्तिनाथ दर्शन प्रालिले कास्कीको नयाँपुल–वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ जोड्ने ८३.६५ किलोमिटर लामो केबलकार आयोजनाका लागि अनुमतिको पर्खाइमा छ । प्रालिले वीरेठाँटीदेखि मुक्तिनाथसम्म ६ वटा स्टेसन रहने जनाएको छ ।

सुवेदी प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन् । प्रधानमन्त्रीको दबाबमा उनलाई अनुमति दिन लागिएको भन्दै यसअघि विवाद थियो ।

नेपालको असंलग्न परराष्ट्र नीतिका सम्बन्धमा विवादास्पद अभिव्यक्ति दिँदै आएका सुवेदीको नियुक्तिले देउवा सरकार चुनावी मुखमा झन् अप्ठेरोमा पर्ने अनुमान गरिएको छ ।

प्रकाशित : १९ श्रावण २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह