Logo

Banner-news

साञ्जेन जलविद्युत आयोजनाको कार्यालयमा तोडफोड, कर्मचारीमाथि हातपात


GDP नेपाल
   २९ श्रावण २०७९, आइतबार


साञ्जेन जलविद्युत् कम्पनीको कार्यालयमा तोडफोड भएको छ । कम्पनीको आमाछोदिङ्ग गाउँपालिकास्थित चिलिमेमा रहेको साइट कार्यालयमा गत्लाङका स्थानीय बासिन्दाले तोडफोड गरेका छन् ।

कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि जारी गरेको सेयर बाँडफाँडमा असहमति जनाउँदै स्थानीयले आयोजनाको साइट कार्यालयमा तोडफोड गरेका हुन्।

स्थानीयले आइतबार दिउँसो कम्पनीको कार्यालयमा तोडफोड, आगजनीका साथसाथै कर्मचारीमाथि हातपात पनि गरेका छन् ।

कम्पनीका अनुसार गत्लाङ क्षेत्रका ४०-५० जना स्थानीय बासिन्दाले आफूहरूलाई अति प्रभावितको सूचीमा राखेर सेयर निष्कासन गरिनुपर्ने माग राख्दै सो घटना घटाएका हुन् । कम्पनीले भदौ ५ गतेदेखि स्थानीय बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्दै छ। यस सेयरमध्ये अतिप्रभावित, प्रभावित, सामान्य प्रभावित र बाँकी जिल्लाबासीका लागि शेयर अनुपात ४.५ः३ः१.५ः१ कायम गरिएको छ।

यसमा आफूहरुलाई कम सेयर छुट्याइएको गुनासो गर्दै गत्लाङ क्षेत्रका केही स्थानीयले कम्पनीको कार्यालयमा तोडफोड गरेका हुन् ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह