Logo

बैंक / बिमा /शेयर

पुनर्कर्जा ११२ अर्ब, डेढ लाख ऋणीलाई २ खर्ब १३ अर्ब सहुलियतपूर्ण कर्जा !


GDP Nepal
   १ भाद्र २०७९, बुधबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनकर्जामा २०७९ असार मसान्तसम्ममा १ खर्ब ११ अर्ब ९६ करोड लगानी गरेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८–७९ मा १ लाख ४७ हजार ३९३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १३ अर्ब ८९ करोड कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ५४५ ऋणीलाई प्रवाह भएको १ खर्ब ३९ अर्ब २३ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८४ हजार १ महिला उद्यमीलाई प्रवाह भएको ७१ अर्ब कर्जा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८४७ ऋणीको ३ अर्ब ६६ करोड कर्जा बक्यौता रहेको छ ।

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ति क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७९ असार मसान्तसम्ममा ९७ करोड ४० लाख स्वीकृत भएको जनाइएको छ ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह