Logo

मुख्य समाचार

गण्डकीका मुख्यमन्त्रीसहितको अमेरिका भ्रमण किन रोक्यो सरकारले ?


GDP Nepal
   ७ भाद्र २०७९, मंगलबार


काठमाडौं । नेपाल सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलसहितको प्रस्तावित अमेरिका भ्रमण रोकेको खुलासा भएको छ ।

गत जुलाई २ अर्थात असार १८ गते संयुक्त राज्य अमेरिका भ्रमणका लागि नेपाल सरकारसँग स्वीकृति मागेका मुख्यमन्त्री नेपालीको भ्रमण नेपाल सरकारले रोकेको पाइएको छ ।

प्रधानमन्त्री कार्यालयको त्रैमासिक प्रगति विवरणमा उल्लेख भएअनुसार अमेरिकाको स्वतन्त्रता दिवस सप्ताह कार्यक्रममा सहभागिताका लागि मुख्यमन्त्री पोख्रेलले अनुमति माग गरेका थिए । तर, उनलाई भ्रमणका निमित्त स्वीकृति प्राप्त नभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयबाट असार पहिलोसाता प्रस्ताव भएअनुसार प्रधानमन्त्री कार्यालयले असार ५ गते पत्र लेखे पनि मन्त्रिपरिषद बैठकले सहमति नदिएको पाइएको छ ।

प्रदेश मुख्यमन्त्रीहरुको विदेश भ्रमणको पूर्वस्वीकृति संघीय सरकारले दिनुपर्ने संवैधानिक व्यवस्था छ ।

मुख्यमन्त्री पोख्रेलको मात्र नभै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीको प्रस्तावित क्यानडा भ्रमण, प्रदेश १ का प्रदेशसभा सदस्य विद्यानन्द चौधरीको प्रस्तावित अष्ट्रेलिया भ्रमण पनि मन्त्रिपरिषदले रोकेको पाइएको छ ।

प्रदेशसभा सदस्यहरु मीनासिंह रखाल र राजु नेपाली तथा कौशिलावती खत्री र बदमी क्वारी बोहराको प्रस्तावित अष्ट्रेलिया र अमेरिका भ्रमण पनि मन्त्रिपरिषदले रोकेको छ ।

प्रदेश लगानी बोर्डका सीईओ सरोज कोइरालाको अमेरिका भ्रमणसमेत रोकिएको छ ।

प्रकाशित : ७ भाद्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह