Logo

कृषि / सहकारी

मौरीपालक महासंघको अध्यक्षमा घिमिरे


GDP नेपाल
   ९ आश्विन २०७९, आइतबार


नेपाल मौरीपालक महासङ्घको अध्यक्षमा चितवनका सुभाषचन्द्र घिमिरे चयन हुनुभएको छ । मौरी पालकको शनिबार भरतपुरमा सम्पन्न २२औँ राष्ट्रिय भेलाले उहाँलाई अध्यक्षमा चयन गर्दै २४ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा पदमप्रसाद अमगाईं, उपाध्यक्षद्वय प्रह्लाद अर्याल र पदमबहादुर अर्याल, महिला उपाध्यक्षमा उमाकुमारी खत्री चयन हुनुभएको छ । महासचिवमा शालिक रामबानिया, सचिवमा इमनाथ पोखरेल, कोषाध्यक्षमा जनकबाबु तिवारी, सहकोषाध्यक्षमा नन्दराम अर्याल निर्वाचित हुनुभएको छ ।

यस्तै महासङ्घको लेखा समितिको संयोजकमा रविकुमारी कडरिया निर्वाचित हुनुभएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालको उपस्थितिमा पदाधिकारीले शपथ तथा पदभार ग्रहण गरेका थिए । कार्यक्रममा मन्त्री खनालले महमा अनुदान दिने नीति सरकारको रहेको बताउनुभयो । उहाँले धेरैभन्दा धेरै अनुदान भित्र्याउन उत्पादनतर्फ लाग्न मौरीपालक किसानलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय किसान महासङ्घकी महासचिव रीता बस्ताकोटीले सरकारले किसानलाई प्रोत्साहन गर्न नसकेकोप्रति गुनासो व्यक्त गर्नुभयो । उहाँले राज्यको स्पष्ट नीति नहुँदा २०औँ वर्ष लाग्दा पनि मौरीपालक किसानले विदेशी कम्पनीसँग प्रतिस्पर्धी गर्न नसकेको बताउनुभयो । स्ताकोटीले ठूला व्यावसायीलाई मात्र हेरेर नीति, नियम, कानुन र कार्यक्रम नल्याउन आग्रह गर्नुभयो ।

देशमै दुःख गर्छु भन्ने सोचमा रहेका किसानको चाहनालाई सही मूल्याङ्कन गर्नुपर्ने उहाँको माग छ । कार्यक्रममा उपस्थित पदाधिकारी तथा मौरीपालक किसानले काम गर्ने भन्दा कागजी प्रक्रिया मिलाएर पेस गर्नेले अनुदान पाएकोप्रति गुनासो गरेका थिए । नेपालमा तीन हजारदेखि चार हजार मेट्रिक टन मह उत्पादन हुने गरेको छ । यहाँको माग पूरा गर्न छ हजारदेखि सात हजार मेट्रिक टन मह आवश्यक रहेको महासङ्घले जनाएको छ ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह