Logo

Banner-news

दुई महिनामा दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ व्यापार घाटा


GDP नेपाल
   ९ आश्विन २०७९, आइतबार


चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयात र निर्यात दुवै घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार दुई महिनामा दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ व्यापार घाटा भएको छ । गत वर्षको यसै अवधिको तुलनामा नेपालको वैदेशीक व्यापार घाटा १५.७० प्रतिशतले घटेको छ । गतवर्ष ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँको वैदेशिक व्यापार भएकोमा यसवर्ष ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँको व्यापार भएको छ ।

तथ्याङ्कअनुसार दुई महिनामा नेपालमा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ । जुन, गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको हो । गत वर्ष ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँको आयात भएको थियो ।

यसैगरी, चालू वर्षको भदौ महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३४.८८ प्रतिशतले घटेको छ । गत वर्षको भदौ महिनासम्ममा ४४ अर्ब ३ करोड रुपैयाँको निर्यात भएको थियो ।

 

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह