Logo

Uncategorized

नेपाल श्रीलंका चेम्बरको नयाँ कार्यसमितिः अध्यक्षमा विजय श्रेष्ठ, कार्यसमितिमा को को ?


GDP Nepal
   ९ आश्विन २०७९, आइतबार


काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको १६ औं वार्षिक साधारणसभाले पर्यटन व्यवसायी विजय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

आइतबार राजधानीमा सम्पन्न साधारणसभाले हिमालय एयरलाइन्सका भाइस प्रेसिडेन्टसमेत रहेका श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको तीन उपाध्यक्षमा राजेशवीर तुलाधर, रामराज आचार्य र मृगेन्द्रमेहर श्रेष्ठ निर्वाचित भए भने महासचिवमा डा. हरिश जोशी, कोषाध्यक्षमा दिपक महर्जन र दुई सचिवमा विधाता श्रेष्ठ र प्रकाश ओली निर्वाचित भएको संघले जनाएको छ ।

कार्यसमिति सदस्यहरुमा अनिल अग्रवाल, अशोक केसी, विद्यासागर ताम्राकार, , नरेन्द्रबल्लभ पन्त, सुनिल भुसाल, मोहन कटुवाल, राजेश शाक्य, प्रसन्न अधिकारी, धिरज कार्की, प्रिया रञ्जन (पप्पु), पोमनारायण श्रेष्ठ, मनिष राजभण्डारी र सुधीर प्रधानांग, सुनिल वंशल, सुशील श्रेष्ठ, रज्जु तन्डुकार, समीर श्रेष्ठ रहेको संघले जनाएको छ ।

संघको पहिलो वैठकले विभिन्न विषयगत समिति गठनसमेत गरेको छ । जसअनुसार उद्योग तथा लगानी समितिको संयोजकमा नरेन्द्रबल्लभ पन्त, वाणिज्य समितिमा सुनील भुसाल, पर्यटन समितिमा प्रसन्न अधिकारी, पूर्वाधार समितिमा मोहन कटुवाल तथा सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य समितिमा राजेश शाक्य रहेका छन् ।

संघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विषयगत समितिको गठनसँगै संस्थाले द्विपक्षीय आर्थिक तथा सामाजिक विकासका क्षेत्रका काम गर्ने जानकारी दिए । उनका अनुसार श्रीलंका र नेपालबीच पुरानो सम्बन्ध रहेकाले आर्थिक विकासका लागि सहकार्य गर्ने योजना रहेको छ । संघको विभिन्न क्षेत्रीय च्याप्टर गठन गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

दुवै मुलुकमा रहेका दूतावासमार्फत आर्थिक कुटनीतिका क्षेत्रमा काम गर्ने उनको भनाइ छ । समितिका सभापतिहरुले कार्ययोजना तयार गरी संस्थालाई अघि बढाउने जनाइएको छ ।

कार्यक्रममा नेपालका लागि श्रीलंकाली राजदूत हिमाली सुभाषिनी अरुनातिलकाले श्रीलंकाको आर्थिक स्थिति विस्तारै सुधारोन्मुख अवस्थामा रहेको जानकारी गराउँदै द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन सकिने धारणा राखिन् ।

संघका तत्कालीन अध्यक्ष रमेश महर्जनको कार्यकाललाई स्मरण गर्दै राजदूत अरुनातिलकाले उक्त समयमा नेपाल र श्रीलंकाका व्यवसायीबीच एमओयू भएको र आउँदा दिनमा त्यसलाई निरन्तरता दिनुपर्ने धारणा राखिन् ।

संघका मानार्थ सदस्य तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले श्रीलंकासँग धार्मिक पर्यटनमा नेपालले सहकार्य गर्नसक्ने उल्लेख गर्दै चिया, जेम्स एन्ड ज्वेलरी तथा गार्मेन्ट लगायतका क्षेत्रमा पनि पुँजी र प्रविधिमा दुई मुलुक मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

नेपाल र श्रीलंका दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य रहेकाले आर्थिक विकासका लागि दुवै मुलुकले सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह