Logo

कर्पोरेट-बजार

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै बुकिङ


GDP नेपाल
   १० आश्विन २०७९, सोमबार


नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइन माध्यमबाटै बुकिङ गर्न मिल्ने भएको छ ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइन माध्यमबाटै बुकिङ गर्न सकिने सेवा सुरु भएको जानकारी दिएको हो ।

सोमबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा अनलाइन बाटै टिकट बुकिङ सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । सेवा सुरु भएसँगै नेपाल एयरलाइन्सको वेबसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने भएको छ ।

निगमले अहिले नयाँ दिल्ली, ​बैङ्लौर, मुम्बई, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, रियाद र नारितामा उडान गरिरहेको छ ।

प्रकाशित : १० आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह