Logo

बैंक / बिमा /शेयर

२ करोड १४ लाख कित्ता बढी आईपीओ निष्कासनका लागि तीन कम्पनीले मागे बोर्डसँग अनुमति


GDP नेपाल
   १२ आश्विन २०७९, बुधबार


विभिन्न तीन कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेका छन् ।

तीन कम्पनीले २ अर्ब १४ करोड ७१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको २ करोड १४ लाख ७१ हजार ५६८ कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् । बोर्डका अनुसार मोदी इनर्जी लिमिटेडले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनका लागि ३१ भदौमा अनुमति माग गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

यस्तै सिमेन्ट उद्योग सोनापुर मिनिरल्स एण्ड आयल मिमिटेडले ४ असोजमा १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासनमार्फत बिक्री गर्नको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापीटल लिमिटेड रहेको छ ।

त्यस्तै, माई खोला जलविद्युत कम्पनीले २२ भदौमा १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापीटल लिमिटेडलाई नियुक्त गरेको छ ।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह