Logo

बैंक / बिमा /शेयर

नारायणी डेभलपमेन्ट बैंक र सप्तगण्डकी अस्पतालबीच सम्झौता


GDP नेपाल
   १२ मंसिर २०७९, सोमबार


नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र सप्तगण्डकी अस्पताल प्रालिबीच व्यावसायिक सम्झौता भएको छ । उक्त बैंकका सबै प्रकारका कार्डवाहक, खातावाला, बैंक कर्मचारीलगायत बैंकका सम्पूर्ण सेयरधनीलाई समेत सप्तगण्डकी अस्पतालले प्रदान गर्ने सेवा–सुविधामा विशेष छुट दिने सम्झौता भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र सप्तगण्डकी अस्पतालका अध्यक्ष डा। अमर श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ । छुट प्राप्त गर्न योग्य बैंकसँग सरोकार भएका व्यक्तिले अस्पतालमा रेगुलर प्याथोलोजी, आइसियू बोर्ड चार्ज, नर्मल बेड चार्ज र माइनर एन्ड मेजर अप्रेसनमा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

सम्झौताबाट बैंक तथा अस्पताल दुवै पक्षको व्यावसायिक विकास एवं विस्तारमा सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह