Logo

बैंक / बिमा /शेयर

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता सम्पन्न


GDP नेपाल
   २२ मंसिर २०७९, बिहिबार


प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता सम्पन्न भएको छ ।

दुबै बैंकको बुधबार बसेको सञ्चालक समितिको बैंठकले मर्जरमा जान अन्तिम सम्झौता गरेका हुन् । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेश सिंह खड्का र सेञ्चुरी कमर्सियल बैंकका तर्फबाट संयुक्त एक्विजिसन समितिक सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका हुन् ।

गत भदौ २० गते दुबै बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती पाएका थिए। दुबै बैंकले १:१ अनुपातमा गाभ्ने गाभिने सम्झौता गरेका हुन्। मर्जरपछि प्रभु बैंकको नाममा एकीकृत कारोबार हुने बताइएको छ।

हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ।

प्रकाशित : २२ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह