बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से २०.६८ अंकले बढेर दुई हजार १६४.६१ विन्दुमा पुगेको छ ।
आज बैंकिङ, माइक्रोफाइनान्स र उत्पादन बाहेक सबै उपसमूहमा हरियाली छाएको छ । विकास बैंक १९, फाइनान्स ३६, होटल तथा पर्यटन १३०, जलविद्युत् ५३, लगानी १, जीवन बीमा ४६८, निर्जीवन बीमा ३२१, अन्य यपसमूह १५ र ब्यापार उपसमूह ५७ अंकले बढेको छ । यस्तै, बैंकिङ १२, उत्पादन ६४ र माइक्रोफाइनान्स १० अंकले घटेको छ ।
आज बलेफी हाइड्रो र खप्तड लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, ङादी ग्रुप पावर, हिमालयन एभरेष्ट इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर नौ प्रतिशतभन्दा धेरेले बढेको छ । समग्रमा बजार बढे पनि आज बुद्धभूमि हाइड्रो, विन नेपाल लघुवित्त र सृजनशील लघुवित्तको सेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।
यस दिन २५९ कम्पनीका एक करोड ४१ लाख कित्ता सेयर पाँच अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको २१ करोड र शिवम् सिमेन्टको साढे १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया