सोमबार सेयर बजार परिसूचक नेप्से ४६.७६ अंकले बढेर दुई हजार २११.३८ विन्दुमा पुगेको छ ।
आज होटल उपसमूह बाहेक अन्य समूहमा हरियाली छाएको छ । बैंकिङ २९, विकास बैंक १२४, फाइनान्स ५९, जलविद्युत् १२२, जीवन बीमा १७८, उत्पादन २, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा २३७, अन्य २९ र व्यापार उपसमूह ७५ अंकले बढेको छ । यस्तै, होटल उपसमूह भने २३ अंकले घटेको छ ।
आज बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालय ऊर्जा विकास, युनियन हाइड्रो, सिंगटी हाइड्रो र खप्तड लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, राधि विद्युत्, बाराही हाइड्रो, पिपुल्स पावर, हिमालयन पावर, पन्चकन्या माई हाइड्रोपावर र अंखु खोला जलविद्युतको सेयर साढे ९ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि स्वाभिमान लघुवित्तको सेयर साढे तीन प्रतिशत भन्दा धेरैले घटेको छ ।
यस दिन २५७ कम्पनीको एक करोड ४६ लाख कित्ता सेयर पाँच अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया