मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २१.३४ अंकले घटेर दुई हजार १९०.४३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ र म्यूचूअल फन्ड बाहेक अन्य उपसमूह राताम्मे भएका छन् । विकास बैंक ४१, फाइनान्स ८३, होटल तथा पर्यटन ११५, जलविद्युत् १६, जीवन बीमा २४३, उत्पादन ५५, माइक्रोफाइनान्स १००, निर्जीवन बीमा २७८, अन्य ४० र व्यापार उपसमूह ७१ अंकले घटेको छ । यस्तै, बैंकिङ ९ र म्यूचूअल फन्ड ०.०३ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सी होटलको सेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बाराही हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २५४ कम्पनीको दुई करोड आठ लाख कित्ता सेयर ७ अर्ब ६५ करोड रुपैयाँकाे कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको २१ करोडको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया