Logo

सेयर बजार

४१ अंकले घट्यो सेयर बजार, ५ अर्बको कारोबार


GDP नेपाल
   २८ पुस २०७९, बिहिबार


बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ४१.०४ अंकले घटेर दुई हजार १४९.३९ विन्दुमा पुगेको छ।

बैंकिङ १५, विकास बैंक ९४, फाइनान्स ६८, होटल तथा पर्यटन ८५, जलविद्युत् ५८, जीवन बीमा ३०९, उत्पादन १३९, माइक्रोफाइनान्स ९३, निर्जीवन बीमा २३३ र अन्य उपसमूह २१ अंकले घटेको छ । यस्तै, ब्यापार उपसमूह भने १५ अंकले बढेको छ ।

आज हिमालय एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर शेयर १० प्रतिशतले घटेको छ । यस्तै, गुराँस लघुवित्तको सेयर ९ प्रतिशत, कालिका पावरको साढे ८ प्रतिशत र बलेफी हाइड्रोको सेयर साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि सिँगटी हाइड्रो र बाराही हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २५२ कम्पनीको एक करोड ४४ लाख कित्ता सेयर पाँच अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको छ । समैभन्दा धेरै शिवम् सिमेन्टको २२ करोडको शेयर कारोबार भएको छ ।

प्रकाशित : २८ पुस २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह