Logo

मुख्य समाचार

३२ अंकले बढ्यो सेयर बजार, तीन अर्बको कारोबार


GDP नेपाल
   ३ माघ २०७९, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३२.७२ अंकले बढेर दुई हजार १८२.११ विन्दुमा पुगेको छ ।

आज बैंकिङ बाहेक अन्य सबै उपसमूहमा हरियाली छाएको छ । विकास बैंक १०१, फाइनान्स ६३, होटल तथा पर्यटन १६३, जलविद्युत् १२७, जीवन बीमा १४४, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा ११३, अन्य ४४ र व्यापार उपसमूह ५ अंकले बढेको छ । यस्तै, बैंकिङ उपसमूह ४ अंकले घटेको छ ।

आज ग्रीन भेन्चर्स लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर कम्पनी र आदर्श लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, घलेम्दी हाइड्रो, बलेफी हाइड्रो र हिमालयन हाइड्रोपावर कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तको सेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसदिन २५० कम्पनीका एक करोड कित्ता सेयर तीन अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २३ करोड २५ लाख रुपैयाँको से कारोबार भएको छ ।

प्रकाशित : ३ माघ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह