Logo

मुख्य समाचार

९ अंकले घट्यो सेयर बजार, ४ अर्ब ९२ करोडको कारोबार


GDP नेपाल
   ४ माघ २०७९, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से ९.०१ अंकले घटेर दुई हजार १७३.१० विन्दुमा पुगेको छ ।

आज बैंकिङ १०, फाइनान्स १५, होटल तथा पर्यटन २७, जीवन बीमा ११५, उत्पादन ४२, निर्जीवन बीमा ९७, अन्य ३ र ब्यापार उपसमूह १७१ अंकले घटेको छ । यस्तै, जलविद्युत् २२ र विकास बैंक उपसमूह भने १८ अंकले बढेको छ ।

आज साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर झन्डै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रो, ग्रीन भेन्चर्स कम्पनी र हिमालयन उर्जा विकास कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २४८ कम्पनीका एक करोड ३३ लाख कित्ता सेयर चार अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडि हाइड्रोको ३५ करोड ७८ लाखको सेयर किनबेच भएको छ ।

प्रकाशित : ४ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह