Logo

सेयर बजार

सामान्य अंकले बढ्यो नेप्से, तीन अर्बको कारोबार


GDP नेपाल
   ५ माघ २०७९, बिहिबार


बुधबार सेयर बजार परिसूचक नेप्से ५.७१ अंकले बढेर दुई हजार १७८.८१ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ९, जलविद्युत् २७, निर्जीवन बीमा १९ र ब्यापार उपसमूह ६० अंकले बढेको छ । यस्तै, फाइनान्स ८, होटल तथा पर्यटन ३६, जीवन बीमा ३२, उत्पादन २६, अन्य १३ र विकास बैंक उपसमूह भने ५ अंकले घटेको छ ।

आज आदर्श लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युतको सेयर ९.५४ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज कुमारी धनवृद्धि योजनाको सेयर ८.८९ प्रतिशतले घटेको छ ।

यस दिन २४६ कम्पनीका ८२ लाख कित्ता सेयर ३ अर्ब ४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआइसी एशिया बैंकको १८ करोड ४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ ।

प्रकाशित : ५ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह