Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार, ३ अर्बको कारोबार


GDP नेपाल
   १० माघ २०७९, मंगलबार


मंगलबार सेयर बजार परिसूचक नेप्से ८.१५ अंकले बढेर दुई हजार १७३.२५ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् २८, निर्जीवन बीमा ६०, ब्यापार उपसमूह ४, फाइनान्स ७०, होटल तथा पर्यटन १०, जीवन बीमा १, अन्य ३९ र विकास बैंक उपसमूह ४ अंकले बढेको छ । यस्तै, बैंकिङ २, उत्पादन ३, लगानी ०.४४ र म्यूचूअल फन्ड ०.३२ अंकले घटेको छ ।

आज सानिमा जीआईसी इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, सुर्योदय वोमी लघुवित्तको सेयर ९.७७ र शिव श्री हाइड्रोपावरको सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि आज मैलुङ खोला जलविद्युतको सेयर झण्डै साडढे ५ प्रतिशतले घटेको छ ।

यस दिन २४८ कम्पनीका ८३ लाख कित्ता सेयर ३ अर्ब रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १० माघ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह