Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, ३ अर्ब ४६ करोडकाे कारोबार


GDP नेपाल
   ११ माघ २०७९, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से १०.३७ अंकले बढेर दुई हजार १८३.६२ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् ३६, निर्जीवन बीमा १८८, ब्यापार उपसमूह १९, होटल तथा पर्यटन ११८, जीवन बीमा २६६, विकास बैंक २८, लगानी ०.१६ र म्यूचूअल फन्ड ०.१८ अंकले बढेको छ । यस्तै, बैंकिङ ७, उत्पादन ३, फाइनान्स ०.२५ र अन्य उपसमूह २३ अंकले घटेको छ ।

आज ग्रीन लाईफ हाइड्रोपावर र आर्दश लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, सानिमा जीआईसी, सूर्यज्योति लाईफ इन्स्योरेन्स र बलेफि हाइड्रोपावरको सेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज आरबीबी म्यूचुअल फन्डको सेयर सबैभन्दा धेरै ५.७० प्रतिशतले घटेको छ ।

यस दिन २६१ कम्पनीका ९५ लाख कित्ता सेयर ३ अर्ब ४६ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ११ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह