Logo

सेयर बजार

झिनो अंकले घट्यो सेयर बजार, २ अर्ब ८६ करोडको कारोबार


GDP नेपाल
   १२ माघ २०७९, बिहिबार


बिहिबार सेयर बजार झिनो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ०.४१ अंकले घटेर दुई हजार १८३.२१ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ६, विकास बैंक २१, म्यूचूअल फन्ड ०.०५, उत्पादन १७, फाइनान्स २५, माइक्रोफाइनान्स १५ र अन्य उपसमूह १३ अंकले घटेको छ । यस्तै, होटल तथा पर्यटन २५,जलविद्युत् २२, लगानी ०.०५, जीवन बीमा १३१, निर्जीवन बीमा १३९ र ब्यापार उपसमूह ३ अंकले बढेको छ ।

आज समृद्धि फाइनान्सको सेयर सबैभन्दा धेरै साढे सात प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, सूर्यज्योति लाईफ इन्स्योरेन्सको सेयर ९.९८ प्रतिशतले बढेको छ ।

यस दिन २५४ कम्पनीका ७७ लाख कित्ता सेयर २ अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १२ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह