Logo

सेयर बजार

दोहोरो अंकले घटेको सेयर बजारमा ३ अर्बको कारोबार


GDP नेपाल
   १५ माघ २०७९, आइतबार


आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १४.६८ अंकले घटेर दुई हजार १६८.५३ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् ८, निर्जीवन बीमा ८, ब्यापार उपसमूह २५, फाइनान्स ३७, उत्पादन १३, अन्य २०, विकास बैंक ६१, र बैंकिङ उपसमूह ७ अंकले घटेको छ । यसतै, होटल तथा पर्यटन ६ र जीवन बीमा उपसमूह ३७ अंकले बढेको छ ।

आज समृद्धि फाइनान्स कम्पनी र सिभिल लघुवित्त वित्तिय संस्थाको सेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २६७ कम्पनीका ८२ लाख कित्ता सेयर ३ अर्ब १ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १५ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह